द्वन्द्वले भरिएको पारिवारिक कथामा चलचित्र ‘परिवार’को घोषणा



काठमाडौं – शुक्रवार एक शुभ मुहूर्त समारोहका साथ ‘परिवार’ नामक चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ। मदन थापाको निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन शुभ मुहूर्तसँगै सुरु भएको छ।

निर्माण पक्षका अनुसार, चलचित्रको अधिकांश छायाङ्कन काठमाडौंमा गरिनेछ भने केही दृश्यहरू उपत्यका बाहिर पनि खिचिनेछन्। निर्देशक थापा यसअघि चलचित्र ‘बाटो: रोड टु डेथ’ निर्देशन गरिसकेका छन्। साथै, भदौ २७ गते प्रदर्शनमा आउने चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’ मा उनले क्रिएटिभ निर्देशकको भूमिका पनि निर्वाह गरेका छन्।

‘परिवार’ को घोषणा पोस्टरले दर्शकमाझ जिज्ञासा बढाएको छ। पोस्टरमा एक पुरुष, दुई महिला र एक बच्चा गरी चार जनाको आकृति देखाइएको छ, जसले दुई वटी श्रीमतीको सम्भावनालाई सङ्केत गर्दछ। यसका साथै, पोस्टरमा कुकुर र बिरालोको उपस्थिति पनि रहेको छ, जसले परिवारभित्रको असामञ्जस्य वा लगातारको किचलोलाई दर्साउने अनुमान गरिएको छ।

चलचित्रको शीर्षक डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अक्षरहरू अङ्ग्रेजीमा ‘WAR’ (वार) को रूपमा प्रस्तुत गरिएको छ। यो विशिष्ट शीर्षक संयोजनले परिवारभित्र लुकेको द्वन्द्व र सङ्घर्षलाई प्रस्ट रूपमा सङ्केत गर्दछ। यसले चलचित्रको मूल कथावस्तु पारिवारिक कलह र त्यसभित्रका जटिलताहरूमा केन्द्रित रहने देखाउँछ।

हालसम्म निर्माण पक्षले चलचित्रमा अभिनय गर्ने कलाकारहरूको बारेमा कुनै जानकारी खुलाएको छैन। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu