‘सिटामोल’को ट्रेलर: पैसाको घुम्टोभित्र लुकेको तीतो यथार्थ



काठमाडौं – यही श्रावण २३ गते जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार रिलिज गरिएको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा हल्काफुल्का कमेडी, चोटिला संवाद र सामाजिक व्यङ्ग्यको मिश्रणले भरिएको यो ट्रेलरले समाजको गहिरो यथार्थलाई छर्लङ्ग पार्छ।

ट्रेलरको सुरुवाती दृश्यहरूले नेपाली समाजमा व्याप्त पारिवारिक किचलो, गरिबी, बेरोजगारी र सरकारी उदासीनतालाई हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। गाउँले परिवेशमा आधारित यी दृश्यहरूमा सामान्य समस्या समाधानका लागि पनि मानिसले कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई सशक्त ढङ्गले देखाइएको छ। ‘सिटामोल’ले सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट दर्शकसमक्ष पुर्‍याउने प्रयास गरेको सङ्केत ट्रेलरले दिन्छ। 

राज बहादुर साने निर्देशित यस चलचित्रमा ग्रामीण परिवेशलाई चित्रण गरिएको छ। चलचित्रमा सौगात मल्ल र बेनिशा हमालका साथै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका छन्।

तुल्सी देवी फिल्म प्रा.लि.ले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यस चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’मा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताका रूपमा रहेका छन्। गङ्गाराम श्रेष्ठ सह-निर्माता हुन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu