सस्पेन्स र प्रेमको ‘मोहर’: देउकी प्रथामा आधारित ट्रेलर सार्वजनिक



काठमाडौं – सस्पेन्स, थ्रिलरका साथै प्रेम, बिछोड र बदलाको गहन कथा बुनिएको चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म मेकर्स प्रा. लि. को ब्यानरमा निर्मित यो चलचित्र आउँदो साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

निर्देशक ओम प्रतीकले लेखन तथा निर्देशनको जिम्मेवारी सम्हालेका छन् भने चुम्बन जङ्ग शाही यस चलचित्रका निर्माता हुन्। ‘मोहर’ को ट्रेलरले विशेष गरी नायक पल शाह, नायिकाहरू बेनिशा हमाल र नीति शाह, तथा कलाकार लक्ष्मी गिरी, अर्जुन जङ्ग शाही र बाल कलाकार सारा शर्माको सशक्त प्रस्तुतिलाई केन्द्रमा राखेको छ।

चलचित्र ‘मोहर’ ले देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ, जसको झलक ट्रेलरमा प्रस्ट देखिन्छ। बाल्यकालमै एक बालिकालाई देउकी चढाउने विषयबाट सुरु भएको ट्रेलरले अनेक आरोह-अवरोह र भावनात्मक उतारचढावहरू प्रस्तुत गर्दछ। पल शाहको बेनिशा हमाल र नीति शाहसँगको प्रेम सम्बन्धले कथामा नयाँ आयाम थपेको देखिन्छ, जसले दर्शकलाई गहिरो अर्थपूर्ण यात्रामा लैजाने सङ्केत गर्दछ।

चलचित्रका यसअघि नै सार्वजनिक भएका दुई गीत र टिजरले चर्चा बटुलिसकेका छन्। अब यो दमदार ट्रेलरले दर्शकमा चलचित्रप्रतिको कौतुहलता र चासोलाई अझै बढाउने पक्का छ।

‘मोहर’ मा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको अभिनय रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu