‘मोहर’को ट्रेलर ५ देशमा ट्रेन्डिङ



काठमाडौं – फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्मित नेपाली चलचित्र ‘मोहर’ को ट्रेलरले सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपालसहित पाँच विभिन्न देशमा युट्युबको ट्रेन्डिङ सूचीमा पर्न सफल भएको छ।

युट्युबको मुभी ट्रेलर सेक्सनमा नेपालमा दोस्रो नम्बरमा ट्रेन्ड गरिरहेको ‘मोहर’ को ट्रेलरले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव देखाएको छ। यसले मलेसियामा १७ औँ, जापानमा २७ औँ, युएईमा १८ औँ र कतारमा ५ औँ स्थानमा ट्रेन्डिङमा पर्न सफल भएको छ। ट्रेलर अपेक्षा गरिएभन्दा उत्कृष्ट बनेको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्।

चुम्बन जङ्ग शाहीद्वारा निर्मित यस चलचित्रको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने ‘मोहर’ ले देउकी प्रथाको संवेदनशील कथालाई पर्दामा उतार्नेछ। ट्रेलरमा प्रेम, बिछोड, सस्पेन्स र थ्रीलको सन्तुलित मिश्रण देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu