‘चिठ्ठी’को पोस्टर रिलिज, हाँसो र रहस्यको सङ्गम



काठमाडौं – नेपाली कथानक चलचित्र ‘चिठ्ठी’को औपचारिक पोस्टर र मोसन पोस्टर सार्वजनिक भएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आउँदो भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। माधवराज खरेलको निर्देशनमा बनेको यो चलचित्र कमेडी र हरर जनराको फ्युजन भएको निर्माण पक्षले जनाएको छ।

निर्माताका अनुसार, ‘चिठ्ठी’ ले यथार्थपरक हास्य, सामाजिक व्यङ्ग्य र रहस्यमय घटनाक्रमलाई एकसाथ प्रस्तुत गरेको छ। आजको डिजिटल समाजमा सामाजिक सम्बन्ध र सूचनाको दुरुपयोग जस्ता समसामयिक मुद्दाहरूलाई फिल्मले रोचक तरिकाले उठान गरेको छ। निर्देशक खरेल भन्छन्, “हामीले दर्शकलाई हँसाउँदै सोच्न बाध्य पार्ने एउटा विशेष कथा लिएर आएका छौँ।”

यस चलचित्रमा खड्गबहादुर पुन मगर ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समीर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रलाई जीवन पराजुली र राजन खरेलले छायाङ्कन गरेका हुन्। राजेश कुमारको सम्पादन र समीर मिँयाको भिएफएक्स रहेको चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको शब्दमा गीतहरू समावेश छन्। शिव परियार, बेनिषा पौडेल र बसन्त अर्यालले स्वर दिएका छन् भने सरोज कोइरालाको सङ्गीत रहेको छ। रहेको त्यस्तै, किरण दाहालको द्वन्द्व निर्देशन, पुष्कर खत्रीको ब्याकग्राउन्ड म्युजिक र मनोज परियार तथा अमित श्रेष्ठको क्रमशः ध्वनि सम्पादन र मिश्रण रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu