‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक



काठमाडौं – प्रतीक्षित चलचित्र ‘जनै हराएको मान्छे’को पहिलो गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीतमा अन्जु पन्त र एसडी योगीको स्वर रहेको छ भने हर्क साउदको शब्द र एसडी योगीकै सङ्गीत रहेको छ। भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, र गौरव पहाडी लगायतका कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्।

यो गीत प्रेममा रहेका जोडीहरूको कथामा आधारित छ, जहाँ दुनियाँको मन जित्न सफल व्यक्तिहरू आफ्नै व्यक्तिगत सम्बन्धका सवालमा भने अन्योलमा रहेको यथार्थलाई चित्रण गरिएको छ। टिपिकल नेपाली शब्दहरूको प्रयोग गरिएको यस गीतमा प्रेमिकाले आफू प्रेमीका लागि पूर्ण रूपमा योग्य रहेको भावना व्यक्त गरेकी छिन्। प्रेमीको हेराइले आफूलाई मोहित बनाउने प्रसङ्गका साथै एक अर्कालाई जीवनभर साथ दिने सल्लाह गीतको मुख्य सार हो।

हिमाल न्यौपाने निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ। भानुभक्त ढकालको कथा, पटकथा र संवादमा आधारित यो चलचित्र पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। मनिष राउत यस चलचित्रका एसोसिएट निर्देशक हुन् भने नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन कार्यकारी निर्माताको रूपमा रहेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu