
काठमाडौं – सलोन सलिना फिल्म्सको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘पीआर’ ले अस्ट्रेलियाका दुई प्रमुख सहरमा भव्य रेड कार्पेट प्रिमियर आयोजना गर्ने भएको छ। निर्माण पक्षका अनुसार, यस चलचित्रको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नी र दोस्रो प्रिमियर अगस्ट १२ मा न्यु क्यासलमा सम्पन्न हुने बताइएको छ।
पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा विशेष प्रदर्शन गरिनेछ। त्यसै गरी, अगस्ट १२ मा न्यु क्यासलको रिडिङ सिनेमाका दुई हलमा दोस्रो प्रिमियर शो आयोजना गरिने निर्माण टोलीले जानकारी दिएको छ।
शोभित बस्नेत निर्देशित यस चलचित्रमा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ।
‘पीआर’का निर्माता प्रदीप दाहाल र लक्ष्मण सापकोटा हुन्। चलचित्रको कथा निर्देशक बस्नेतकै हो भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्।





