टिकटक स्टार आयुष सिंह ठकुरी चलचित्र ‘राम नाम सत्य’ मार्फत ठुलो पर्दामा आउँदै



काठमाडौं – चलचित्र ‘राम नाम सत्य’ मार्फत टिकटकमा लोकप्रिय बनेका युवा स्टार आयुष सिंह ठकुरीले ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्। माइकल चन्दले निर्देशन गर्न लागेको यस चलचित्रका लागि आयुषले निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका छन्।

आयुषले आफूलाई थुप्रै चलचित्रको अफर आए तापनि ‘राम नाम सत्य’को शक्तिशाली कथावस्तु र आफ्नो भूमिकाको गहनताले गर्दा यही चलचित्रबाट डेब्यु गर्ने निर्णय गरेको बताए। निर्देशक  चन्दले आयुषसँग काम गर्ने सहमति भएदेखि नै उनलाई एक्सन तालिम दिइरहेको र अब अभिनयको कोर्स पनि सुरु गर्न लागेको जानकारी दिए।

एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रण रहने यो चलचित्र साउन २९ गतेबाट शुभ साइतसहित छायाङ्कनमा जाने तयारीमा छ। यसअघि नै चलचित्रमा नायक बिराज भट्ट, सुशील श्रेष्ठ, नायिका दिव्या रायमाझी, सुपुष्पा भट्टसहित अर्पण थापा, सुनिल थापा, दिनेश डिसी, रवि गिरी लगायतका अनुभवी कलाकारहरू अनुबन्धित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu