‘शिवांश : च्याप्टर–१’ को छायाङ्कन सकियो



काठमाडौं – जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा विधिवत् पूजासहित प्रारम्भ भएको चलचित्र ‘शिवांश : च्याप्टर–१’ को सम्पूर्ण छायाङ्कन ३६ औँ दिनमा सकिएको छ। चलचित्रमा निर्माता अञ्जान केसीले अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्र बनाउने बताए।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रमार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गरेका छन्। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने प्रमुख भूमिकामा देखिनेछन्। यस्तै, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारहरूको पनि यसमा अभिनय रहेको छ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार पारेका छन्। चलचित्रमा सुलक्षण भारतीले स्क्रिप्ट डक्टरका रूपमा काम गरेका छन्। शोभा भण्डारी र अनीश केसी बोगटी सह-निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता शम्भु थापा हुन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu