चलचित्र ‘परालको आगो’मा अभिनेता सौगात मल्लको प्रवेश



काठमाडौं – नेपाली साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ माथि बन्न लागेको चलचित्रमा अभिनेता सौगात मल्ल मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। यसअघि यो भूमिकामा जितु नेपाललाई अनुबन्ध गरिएको भए पनि, अब जुठे दमाईंको सशक्त पात्रका रूपमा सौगात देखिने भएका छन्। उनको औपचारिक अनुबन्धसँगै चलचित्रका मुख्य कलाकारहरूको छनोट प्रक्रिया पूरा भएको निर्माण पक्षले जनाएको छ।

सुशील पोखरेलको लगानीमा बन्ने यस चलचित्रमा सौगातका साथै गायक तथा अभिनेता प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य लगायतका कलाकारहरू पनि जोडिएका छन्।

चलचित्रको गीत–सङ्गीतमा पनि सशक्त टोली रहेको छ। गीत लेखनका लागि सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले काम गर्नेछन्। त्यस्तै, सङ्गीतकारका रूपमा वरिष्ठ सङ्गीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको सहभागिता रहनेछ। मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण भइरहेको यो चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।

चलचित्रको छायाङ्कन आगामी भदौ २६ गतेबाट म्याग्दीमा सुरु हुनेछ। छायाङ्कनको जिम्मा सङ्कल्प भुजेललाई दिइएको छ। यसमा सुशील देवकोटाको लेखन तथा सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu