‘मोहर’को वियोगान्त गीतमा पल, नीति र बेनिशाको मार्मिक प्रेमकथा



काठमाडौं – यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ले दर्शकमाझ आफ्नो उपस्थितिलाई थप बलियो बनाउन नयाँ गीत सार्वजनिक गरेको छ। ‘सपना हो कि बिपना हो कि जिन्दगी’ बोलको यो वियोगान्त गीतले चलचित्रका मुख्य पात्रहरूको प्रेम र बिछोडको कथालाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

थानेश्वर गौतम र शान्ती श्री परियारको मर्मस्पर्शी स्वरमा सजिएको यो गीतमा थानेश्वर गौतमकै कर्णप्रिय सङ्गीत छ भने प्रभा बर्तौलाले गीतलाई भावपूर्ण शब्दले सजाएकी छन्। सार्वजनिक गीतको भिडियोमा नायक पल शाह, नायिका नीति शाह र बेनिशा हमालको पीडालाई निकै संवेदनशील तरिकाले चित्रण गरिएको छ।

फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘मोहर’लाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्। यसका निर्माता चुम्बन जङ्ग शाही हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाहका साथै अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। बाल कलाकारको रूपमा सारा शर्माको पनि अभिनय छ।

दीपेन बस्न्यातको सिनेमेटोग्राफी रहेको यस चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन छ। सङ्गीततर्फ सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको योगदान छ भने समीर मियाले भीएफएक्सको काम गरेका छन्। कुमार महर्जनको एक्सन र रामजी लामिछाने तथा कविराज गहतराजको कोरियोग्राफी रहेको यो चलचित्रको ट्रेलर र यसअघि सार्वजनिक भएका दुई गीतले दर्शकको मन जित्न सफल भएका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu