‘सिनेपा’ स्टुडियोको दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान



काठमाडौं – काभ्रेपलान्चोकको बनेपामा नेपालकै सबैभन्दा ठुलो र आधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा’ को दोस्रो चरणको निर्माण कार्य सुरु भएको छ। चलचित्र विकास बोर्डले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निर्माण कम्पनीहरूलाई ई–बिडिङमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

बोर्डले आह्वान गरेको सूचनाअनुसार, इच्छुक कम्पनीहरूले ३० दिनभित्र अनलाइन प्रणालीमार्फत बोलपत्र बुझाउनुपर्नेछ। यो परियोजनाको पहिचान नम्बर FDB/Indoor Film Studio/W/NCB/01/2082-083 रहेको छ। यसमा सहभागी हुनका लागि कम्पनीहरूले रु. ३६ लाखको बोलपत्र सुरक्षा रकम र रु. १० हजारको दस्ताबेज शुल्क जम्मा गर्नुपर्नेछ। यससम्बन्धी थप विस्तृत जानकारी बोर्डको आधिकारिक वेबसाइट www.fdbnepal.gov.np र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

यसअघि, २०८१ माघ २७ मा यस परियोजनाका लागि पहिलो टेन्डर आह्वान गरिएको थियो। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ४२ रोपनी क्षेत्रफलमा फैलिने यो स्टुडियो निजी स्टुडियोभन्दा फरक सरकारी स्वामित्वमा निर्माण भइरहेको नेपालकै पहिलो परियोजना हो। यसले नेपाली निर्माताहरूलाई गुणस्तरीय, प्रविधियुक्त र खर्च कम लाग्ने सुटिङको वातावरण उपलब्ध गराउनेछ।

गत वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट यस स्टुडियोको औपचारिक निर्माण घोषणा गरेका थिए। उनले यसलाई नेपाली चलचित्र क्षेत्रको विकासका लागि ‘क्रान्ति’ को संज्ञा दिँदै छ दशक पुरानो सपना साकार भएको बताएका थिए। प्रधानमन्त्रीले बजेटको अभाव भए पनि सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu