चलचित्र ‘अभिमन्यु’ को मार्मिक गीत सार्वजनिक



काठमाडौं – आगामी भदौ २७ गते रिलिज हुने नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को ‘माली’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आज सार्वजनिक गरेको यस गीतले दाजु र बहिनीको भावनात्मक सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

रक्षा बन्धन पर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यस गीतमा दाजुले बहिनीलाई गर्ने निस्वार्थ प्रेम र जिम्मेवारीलाई चित्रण गरिएको छ। गीतले दाजुको नजरबाट बहिनीको हाँसोमा संसार खोज्ने र माली बनेर उनको हेरचाह गर्ने कथा भन्छ। ‘माली’ गीतका शब्द, सङ्गीत र स्वर प्रशान्त सिवाकोटीको रहेको छ, जसलाई विषम आचार्यले सङ्गीत संयोजन गरेका छन्।

यसै गीतलाई लिएर निर्माण टोलीले एक भिडियो प्रतियोगिताको पनि घोषणा गरेको छ। यो प्रतियोगितामा सहभागी हुन दाजुभाइ र दिदीबहिनीहरूलाई रक्षा बन्धनको राखी बाँधिएको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गरिएको छ। यस प्रतियोगिताका उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

सुशान्त गौतमको डेब्यु निर्देशन रहेको यस चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशकको भूमिकामा छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu