
काठमाडौं – आगामी भदौ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘कोशेढुंगा’ को दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका युवा-युवतीहरूको कथालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा प्रेमिल जोडीले एक अर्कासँग जीवनभर साथ रहने बाचा गर्दै भविष्यमा सुखी जीवन बिताउनका लागि आम्दानीको स्रोत र आर्थिक पाटोबारे पनि रमाइलो शैलीमा प्रश्नोत्तर गरेका छन् । गीतमा प्रेमिकाले प्रेमीलाई सरकारी जागिरबारे सोध्ने र लोभ्याउनेजस्ता संवादहरूले मायाका साथै व्यावहारिक पक्षलाई पनि जोडेको छ ।
रिदम कँडेल र बेनिशा पौडेलको सुमधुर स्वर रहेको यस गीतमा शब्द रचना विदुर तिमल्सिनाको रहेको छ भने सङ्गीत पनि रिदम कँडेलले नै दिएका छन् । गीतको भिडियोमा मुख्य कलाकार सुरक्षा पन्त र मन्जिल कुमारको नृत्य देख्न सकिन्छ ।
सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
गीत:






