‘सिटामोल’ को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक



काठमाडौं – यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘सिटामोल’ को प्रचार प्रसारलाई थप गति दिँदै निर्माण पक्षले नयाँ गीत सार्वजनिक गरेको छ। ‘रातो पछ्यौरी’ बोलको यो गीतमा अञ्जना खतिवडा र रवि ओडको सुमधुर स्वर सुन्न सकिन्छ।

यस गीतको शब्द, सङ्गीत तथा एरेन्जमेन्ट बाबुल गिरीले गरेका हुन्। गीतमा नेपाली मौलिकतालाई समेटिएको छ र यसले चलचित्रको कथालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले पनि दर्शकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो। ट्रेलरमा नेपाली समाजका गरिबी, बेरोजगारी, पारिवारिक समस्या र सरकारी उदासीनतालाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ। यसअघि नै सार्वजनिक भएका गीत र पोस्टरले पनि दर्शकको ध्यान राम्रैसँग खिचेको थियो।

राजबहादुर सानेको निर्देशनमा बनेको यस चलचित्रमा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको पनि दमदार अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै चलचित्रबाट नेपाली रजतपटमा आफ्नो अभिनय यात्रा सुरु गरेका छन्।

तुल्सी देवी फिल्म प्रा.लि.को निर्माण तथा जुनतारा फिल्म्सको सहकार्यमा बनेको ‘सिटामोल’ को कथा प्रदीप भारद्वाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्। सिमोस सुनुवार यसका प्रस्तुत कर्ता हुन् भने भूगोल कुमार कार्की र विकाश राज जोशीले यसको निर्माण गरेका छन्। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गङ्गाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu