चलचित्र ‘सिटामोल’को अग्रिम बुकिङ सुरु



काठमाडौं – शुक्रवार रिलिज हुन लागेको नेपाली चलचित्र ‘सिटामोल’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। यस चलचित्रले देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन थिएटरहरूबाट उत्साहजनक शो पाएको  छ।

देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना स्क्रिनमा ३१ शो उपलब्ध गराएको छ, जसमा काठमाडौँ उपत्यकाभित्र १५ र बाहिर १६ शो रहेका छन्। त्यसै गरी, आईएनआई सिनेमाजले ११, वान सिनेमाजले ६, एफक्युब र सिने डी सेफले ३-३ तथा बिग मुभिज र बिएसआर मुभिजले २-२ शोसहित अग्रिम बुकिङ थालेका छन्। काठमाडौँका कीर्तिपुर सिनेप्लेक्स, रञ्जना, विश्वज्योति जस्ता हलसहित मोफसलका प्रमुख सहरहरूमा पनि बुकिङ खुल्ने प्रक्रिया जारी रहेकाले शुक्रवारसम्म ‘सिटामोल’ले देशभर करिब १५० भन्दा बढी शोसहित प्रदर्शन थाल्ने निर्माण पक्षको अनुमान छ।

राज बहादुर सानेको निर्देशनमा तयार भएको यो सामाजिक चलचित्रमा अभिनयका अब्बल खेलाडी सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको छ। उनीहरूका साथमा श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम, सुशील पोखरेल, भूगोल कार्की लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ। यही चलचित्रबाट श्री कृष्ण निरौला र जानुका विश्वकर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

तुलसी देवी फिल्म प्रा.लि.ले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यस चलचित्रको कथा निर्देशक साने र लेखक प्रदीप भारद्वाजले संयुक्त रूपमा लेखेका हुन्। सिमोस सुनुवार प्रस्तुत कर्ता रहेको ‘सिटामोल’का निर्मातामा भूगोल कुमार कार्की र विकाश राज जोशी छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu