चलचित्र ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक



काठमाडौं – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लाई मुख्य भूमिकामा देखाइएको चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यो ट्रेलरमा माग्ने बुढाको अभिनयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा माग्ने बुढाको धनी बन्ने सपनाको कथालाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ।

ट्रेलरमा माग्ने बुढाबाहेक वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरीलाई पनि देख्न सकिन्छ। विशेष भूमिकामा आर्यन सिग्देल समेत रहेका छन्। यसै गरी, मिस पविलाई टेलिभिजन प्रस्तोता र पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको भूमिकामा देखाइएको छ।

‘माग्ने राजा’ ले मनोरञ्जन मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक अवस्थामाथि कडा व्यङ्ग्य पनि गरेको छ। ट्रेलरले बिना मिहेनत पैसा कमाउन नहुने भन्ने जस्तो गम्भीर सन्देशलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ, जसले दर्शकमा उत्सुकता जगाएको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुत कर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा र संवाद, नरेन्द्र मैनालीको छायाङ्कन तथा दीपक शर्मा र बाबुल गिरीको सङ्गीत रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu