‘कोहिनुर’ खेलेका बलिउडका दीपराज ‘सुख दुःख’ मा



काठमाडौं – बलिउडका चर्चित अभिनेता दीपराज राणा अब नेपाली रजतपटमा फर्किने भएका छन्। सन् २००२ मा भारतीय चलचित्र ‘साथिया’ मार्फत सहायक अभिनेताको रूपमा आफ्नो पहिचान बनाएका राणालाई निता ढुङ्गाना अधिकारी को निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ का लागि अनुबन्ध गरिएको हो।

‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंग ३’ जस्ता सफल बलिउड चलचित्रका साथै हालै ‘मेट्रो इन दिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे जमीन पर’ जस्ता चलचित्रमा समेत अभिनय गरिसकेका दीपराज राणाले यसअघि स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनीत नेपाली चलचित्र ‘कोहिनुर’ मा पनि काम गरेका थिए। ‘कोहिनुर’ पछि लामो अन्तरालपछि उनी फेरि नेपाली चलचित्रमा देखिन लागेका हुन्।

दीपराज राणाले ‘सुख दुःख’ को कथावस्तुले आफूलाई आकर्षित गरेकाले चलचित्रमा काम गर्न इच्छुक भएको बताएका छन्। 

आगामी फागुन महिनाबाट छायाङ्कन सुरु गर्ने तयारीमा रहेको यस चलचित्रमा हालै अभिनेत्री बिपना थापा लाई पनि अनुबन्ध गरिएको छ। निता र बिपनाले यसअघि चलचित्र ‘ह्रस्व दीर्घ’ मा सँगै काम गरिसकेका छन्, जसले गर्दा यो उनीहरूको दोस्रो सहकार्य हुनेछ। दीपराज र बिपनाबाहेक, चलचित्रमा अनुभवी कलाकार मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन्। अन्य कलाकारको बारेमा भने निर्माण टोलीले जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu