‘जनै हराएको मान्छे’को ट्रेलरमा आर्थिक अभाव र सङ्घर्षको कथा



काठमाडौं – नेपाली समाजको निम्न मध्यम वर्गीय जीवनको यथार्थलाई चित्रण गर्ने चलचित्र ‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ। जनै पूर्णिमाको विशेष अवसर पारेर निर्माण पक्षले एक कार्यक्रमको आयोजना गर्दै उक्त ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा चलचित्रका मुख्य पात्रको सङ्घर्षको कथा देखाइएको छ, जसमा आर्थिक अभावका कारण विदेश जाने सपना देख्नु र त्यसका लागि अथक प्रयास गर्नु पर्ने बाध्यता छ। मुख्य पात्र विजय बरालले बुबाले लिएको ऋण तिर्न र घरलाई पक्की बनाउने सपना पूरा गर्न कोरिया जाने प्रयास गर्छन्। तर, काठमाडौंमा आएपछि उनी ठगिन्छन् र अनेकौँ अप्ठ्यारा परिस्थितिमा फस्छन्। यसरी आफ्नो सपना पूरा गर्ने क्रममा उनको जिन्दगी कसरी अरूको बन्धकमा पर्न जान्छ, त्यसको मार्मिक कथा ट्रेलरमा देखाइएको छ।

कोरिया जाने प्रयास असफल भएपछि काठमाडौंमा छटपटाइरहेका बेला उनको भेट मिरुना मगरसँग हुन्छ। उनीसँगको प्रेम र दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखले कथामा थप भावनात्मक गहिराइ दिएको छ। यी घटनाक्रमले नेपाली दर्शकको मन छुने अपेक्षा निर्माण पक्षले राखेको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्र भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदै छ।

कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको यस चलचित्रमा विजय बराल, मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu