छायाङ्कन अगावै चलचित्र ‘पार्वती’ को पोस्टर र रिलिज मिति सार्वजनिक



काठमाडौं – नायिका निता ढुङ्गानाको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘पार्वती’ को दुई फरक पोस्टर सार्वजनिक गरिएको छ। रक्षा बन्धनको अवसर पारेर सार्वजनिक गरिएका यी पोस्टरहरूसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। यो चलचित्र आउँदो माघ १ गते देखि प्रदर्शनमा आउनेछ।

सार्वजनिक भएका पोस्टरहरूले चलचित्रकी मुख्य पात्र ‘पार्वती’ को दुई फरक स्वभावलाई चित्रण गरेका छन्। पहिलो पोस्टर मा पार्वती पहेँलो छाता ओढेर, सिट्ठी र पानीको बोतल समाई गम्भीर मुद्रामा देखिएकी छन्। अर्को पोस्टर मा भने उनी गाउँले पहिरनमा हलुका मुस्कानसहित लजालु भावमा प्रस्तुत भएकी छन्।

निता फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको कथा निता ढुङ्गाना आफैँले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन्। चलचित्रको छायाङ्कन कबिर लाल र शाहिद लालले गर्नेछन्। साबित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना चलचित्रको निर्माण टिममा छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu