‘जारी–२’ को टिजर सार्वजनिक, च्याब्रुङको धुनमा लिम्बू समुदायको कथा



काठमाडौं – बहु प्रतीक्षित नेपाली चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। आगामी असोज ३ गते प्रदर्शन हुने यो चलचित्रको टिजरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान च्याब्रुङ बाजालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ।

२ मिनेट ३४ सेकेन्ड लामो टिजरको सुरुमा च्याब्रुङ बजाउन नजान्ने लिम्बूलाई ‘नाङ्गो’ पहाडसँग तुलना गरिएको संवाद सुन्न पाइन्छ। च्याब्रुङलाई लिम्बूहरूको ‘खुसीको स्वर’का रूपमा चित्रण गर्दै, चलचित्रले आफ्नो सांस्कृतिक पहिचानको सेरोफेरोमा सामाजिक तथा पारिवारिक उतारचढावलाई प्रस्तुत गर्ने देखिन्छ।

उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको यस चलचित्रको निर्माण रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। उनीहरूसँगै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारको पनि अभिनय रहेको छ।

यसअघि प्रदर्शन भएको ‘जारी’ २०८० सालको ब्लकबस्टर फिल्म थियो, जसले १७ करोडभन्दा बढीको व्यापार गरेको थियो। त्यसैले, ‘जारी–२’ लाई पनि निकै प्रतीक्षित मानिएको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu