चलचित्र ‘कश्यप’को प्रमुख भूमिकामा टिकटकर आभा ढुङ्गानाको अभिनय रहने



काठमाडौं – सामाजिक सञ्जालमा चर्चा कमाएकी टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुङ्गाना अब ठुलो पर्दामा देखिने भएकी छिन्। निर्देशक दिनेश जी खड्काको आगामी चलचित्र ‘कश्यप’ मार्फत उनी अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। कथाको मागअनुसार नयाँ र प्रतिभाशाली अनुहार खोजिरहेका बेला स्क्रिन टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि आभालाई यस भूमिकाका लागि छनोट गरिएको निर्माण पक्षले जनाएको छ। यसै गरी, ‘कश्यप’ मार्फत अर्की एक नयाँ अनुहार बाल कलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा पाइला राख्दैछिन्। 

यसअघि, निर्माण पक्षले फिल्मका एक्सन हिरो सविन श्रेष्ठको फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ। एक्सन, प्रेम र उत्कृष्ट सङ्गीतको सङ्गम रहेको ‘कश्यप’ पूर्ण मनोरञ्जनात्मक फिल्म हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu