दीपाश्री निरौला ‘पार्वती’मा अनुबन्धित



काठमाडौं – निर्माणाधीन चलचित्र ‘पार्वती’मा चर्चित अभिनेत्री तथा सफल निर्देशक दीपाश्री निरौला अनुबन्धित भएकी छन्। मङ्गलवार निर्माण पक्षले उनलाई प्रमुख भूमिकाका लागि लिखित सम्झौता गर्दै अनुबन्ध गरेको हो। यो चलचित्र निता ढुङ्गानाले निर्देशन गर्दैछिन् र उनी यसमा मुख्य अभिनेत्रीको भूमिकामा पनि देखिनेछिन्।

यसअघिदेखि नै मौखिक छलफल चलिरहेको भए पनि मङ्गलवार मात्रै आधिकारिक सम्झौता भएको निता ढुङ्गाना अधिकारीले बताइन्। दीपाश्रीले नितासँगको १२ वर्ष पुरानो सहकार्यलाई सम्झिँदै खुसी व्यक्त गरिन्। उनले भनिन्, “आजभन्दा १२ वर्षअघि ‘छ एकान छ’ फिल्ममा निताले हामीलाई सहयोग गर्नुभएको थियो। अहिले १२ वर्षपछि ‘खोलो फर्कियो’ भनेझैँ निताले मलाई आफ्नो फिल्ममा लिड रोलको लागि सम्झिनु भएको छ।”

यसअघि फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भइसकेका छन्। निता ढुङ्गाना आफैँ निर्देशन र मुख्य भूमिकामा रहेको यो फिल्मको कथा पनि उनले नै लेखेकी हुन्। यसको पटकथा र संवाद भने शिवम् अधिकारीले तयार पारेका छन्।

आगामी असोजदेखि छायाङ्कन सुरु हुने ‘पार्वती’को प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu