दयाहाङ र रिश्माको जोडी फर्कियो, ‘रिमै’ को शीर्ष गीत सार्वजनिक



काठमाडौं: आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’ को शीर्षक गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको अभिनय रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो चलचित्रले लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङको चर्चित जोडीलाई पुनः पर्दामा ल्याएको छ । दर्शकहरूले ‘काजी’ र ‘मैयाँ’ को रूपमा मन पराएको यो जोडीको पुनरागमनले चलचित्रप्रति निकै चासो बढेको छ ।

बुधवार सार्वजनिक गरिएको यस गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ । रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) को स्वरले गीतलाई सुमधुर बनाएको छ । गुरुङ परिवेशलाई समेटेर तयार पारिएको गीतको अडियो र भिडियो दुवैले दर्शकहरूलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रमा दयाहाङ, रिश्मा, अर्पण र गौमायाका साथै कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिबि गुरुङ, टेक गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको भूमिका पनि महत्त्वपूर्ण छ ।

उपेन्द्र सुब्बाले कथा लेखेको यस चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायाङ्कन गरेका छन् । बिरबल घले कार्यकारी निर्माता रहेको यस चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताको रूपमा छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन् ।

चलचित्रमा सङ्गीत दीपक शर्मा र थानेश्वर गौतमको रहेको छ । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङ सम्पादकको भूमिकामा छन् । ‘रिमै’ चलचित्रले नेपाली चलचित्र बजारमा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu