नेपाल र सिक्किम चलचित्र बोर्डका पदाधिकारीहरूबिच नेपाली चलचित्रका सम्भावना खोज्ने प्रयास



काठमाडौं – नेपालको चलचित्र विकास बोर्डले हालै नियुक्त भएका सिक्किम (भारत) फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा स्वागत गरेको छ। यो भेटघाटले दुई बोर्डबीच भविष्यमा हुन सक्ने चलचित्र सहकार्यका लागि नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

स्वागत कार्यक्रममा बोल्दै नेपालको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले सिक्किम र नेपालबीचको सांस्कृतिक तथा भौगोलिक निकटतालाई जोड दिँदै, यो सहकार्य नेपाली चलचित्र उद्योगका लागि एउटा स्वर्णिम अवसर हुन सक्ने विश्वास व्यक्त गरे। उनले भुटिया र उनको सम्पूर्ण टोलीको सफल कार्यकालका लागि शुभकामना पनि दिए।

सिक्किमबाट आएको प्रतिनिधिमण्डलमा मनोज लामा, दास तामाङ, उत्तम प्रधान लगायतको सहभागिता थियो। यस महत्त्वपूर्ण भेटघाटमा नेपालका वरिष्ठ चलचित्रकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। समारोहमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, भारती घिमिरे, चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट, गणेश सुवेदी, र सदस्य सचिव राजेश थापाको उपस्थिति थियो।

यसका साथै, कलाकार जीवन लुइँटेल, जितु नेपाल, पञ्चमी घिमिरे, सम्पादक नहकुल खड्का, निर्माता केवल तामाङ, ‘कमेडी दरबार’ टिमका श्रद्धा प्रसाईँ, विक्की अग्रवाल, र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरी लगायतका व्यक्तित्वहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu