रेखा थापा र पूजा शर्माको ‘३६ को आँकडा’



काठमाडौं – अभिनेत्री तथा निर्मात्री रेखा थापाको नयाँ चलचित्र ‘३६ को आँकडा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। यो पोस्टरले नेपाली चलचित्र उद्योगमा लामो समयपछि दुई प्रमुख नायिकाको शक्तिशाली टकराब प्रस्तुत गरेको छ।

पोस्टरमा अभिनेत्री रेखा थापा र पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। पोस्टरको मुख्य आकर्षण प्रहरी अधिकारीको रूपमा देखिएकी रेखाले अपराधीको रूपमा रहेकी पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको दृश्य हो।

यस पोस्टरले नेपाली चलचित्रमा प्रायः नदेखिने दुई महिला पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ, जसले चलचित्रको कथावस्तु अन्यभन्दा फरक र विशेष हुने सङ्केत दिन्छ। यसले चलचित्रको कथा दुई महिला पात्रको शक्ति, प्रतिस्पर्धा र वैमनस्यतामा आधारित हुने अनुमान गर्न सकिन्छ।

सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायाङ्कन आगामी सोमबारबाट सुरु हुनेछ। चलचित्रमा रेखाको जोडी अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ भने पूजाको जोडी पुष्प खड्कासँग रहेको छ। यद्यपि, निर्माण पक्षले अन्य कलाकार र प्राविधिक टोलीको बारेमा भने अहिले कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu