पल शाह स्टारर ‘मोहर’ले १० दिनमा कति कमायो ?



काठमाडौं – पल शाह, नीति शाह र बेनिशा हमाल स्टारर नेपाली चलचित्र ‘मोहर’ ले प्रदर्शनको १० दिनमा ३ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ।

गत बिहीबारदेखि प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘वार २’ र ‘कुली’ का कारण देशभरका सिनेमा हलहरूले ‘मोहर’ लाई अपेक्षाकृत कम शो दिए पनि यसले सुखद कमाइ कायम राखेको हो। पछिल्ला दिनमा पनि हलमा ‘मोहर’का दर्शकको चाप देखिनु यस चलचित्रप्रति दर्शकको रुचि उच्च रहेको प्रमाणका रूपमा लिइएको छ।

यस चलचित्रमा पल, नीति, बेनिशाको साथमा अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी र सारा शर्मालगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। फिल्म फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा चुम्बन जङ्ग शाहीले निर्माण गरेका हुन् भने लेखन तथा निर्देशन ओम प्रतीकको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu