‘ऐरी’ निर्माताद्वारा अभिनेता धिरज मगरविरुद्ध करिब १५ करोडको क्षतिपूर्ति दाबी



काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘ऐरी’को निर्माण कम्पनी मल्टी म्याट प्रालिले अभिनेता धिरज मगरविरुद्ध नेपाल चलचित्र निर्माता सङ्घमा उजुरी दर्ता गराएको छ। कम्पनीले धिरजको गैर जिम्मेवार व्यवहारका कारण १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै उक्त रकम क्षतिपूर्ति माग गरेको हो।

निर्माण कम्पनीका अनुसार, धिरजसँग गत वर्ष चैत्र १९ गते चलचित्रमा काम गर्ने सम्बन्धमा लिखित सम्झौता भएको थियो। सम्झौताअनुसार धिरजले अग्रिम भुक्तानी पनि लिएका थिए। तर, उनले गैर-व्यावसायिक र लापरबाहीपूर्ण व्यवहार देखाउँदै छायाङ्कनका लागि समय उपलब्ध नगराउँदा ठुलो आर्थिक नोक्सानी भएको उजुरीमा उल्लेख छ।

मल्टी म्याट प्रालिका सञ्चालक कमल बहादुर आलेले दिएको उजुरी पत्रमा धिरजले महिनौँसम्म सुटिङका लागि निर्माण टोलीलाई कुराएको आरोप लगाइएको छ। यसले गर्दा निर्माण प्रक्रियामा लाखौँ र प्रोजेक्टमा करोडौँको क्षति पुगेको कम्पनीको भनाइ छ।

प्रदीप खड्का र सोनम तोप्देनजस्ता कलाकारको पनि मुख्य भूमिका रहेको ‘ऐरी’ को केही भागको छायाङ्कन ढोरपाटनमा भइसकेको छ। चलचित्रको अझै करिब साढे २ महिनाको छायाङ्कन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu