‘मैझारो’मा दयाहाङ राईको सरप्राइज इन्ट्री, लिम्बू भेषमा तस्बिर सार्वजनिक



काठमाडौं – अभिनेता दयाहाङ राई चलचित्र ‘मैझारो’ मा अनुबन्धित भएका छन्। यसअघि निर्माण पक्षले उनको सहभागिताबारे मौनता साँधेको भए पनि, हालै सुटिङ सेटबाट बाहिरिएको उनको लुक्सले यो कुराको पुष्टि गरेको छ।

चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेका बेला सार्वजनिक भएको तस्बिरमा दयाहाङलाई लिम्बू समुदायको परम्परागत भेषमा एक हातले धनुषको तिर हानेको मुद्रामा देख्न सकिन्छ। निर्माण पक्षले उनको भूमिका बारे भने कुनै जानकारी दिएका छैनन्। निर्देशक विल्सन विक्रम राईले दर्शकलाई सरप्राइज दिन यसो गरेको बुझिएको छ।

यो चलचित्रको छायाङ्कन साउनको पहिलो हप्तादेखि सुरु भएको थियो। सुरुमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ लगायतका कलाकारहरूको मात्र नाम सार्वजनिक गरिएको थियो। दयाहाङको नाम भने अन्तिमसम्म गोप्य राखिएको थियो। यो चलचित्रको कथा पनि निर्देशक राईले नै तयार पारेका हुन् र यो एक मौलिक प्रेम कथामा आधारित छ।

चलचित्रको छायाङ्कन इलामको देउमाई, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu