बिश्वज्योति हल अब आईएनआई सिनेमाजको व्यवस्थापनमा सञ्चालन हुने



काठमाडौं – नेपालको द्रुत गतिमा विस्तार भइरहेको मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले काठमाडौंको जमलस्थित नेपालकै एक ऐतिहासिक तथा प्रतिष्ठित सिनेमा घर बिश्वज्योति सिनेप्लेक्सलाई आफ्नो व्यवस्थापनमा ल्याएको छ। यससँगै, आईएनआई सिनेमाज देशभरि पाँच वटा मल्टिप्लेक्स सञ्चालन गर्ने दोस्रो ठुलो मल्टिप्लेक्स चेन बनेको छ, जसमा काठमाडौं उपत्यकाभित्र तीन र उपत्यका बाहिर बुटवल र सिमरामा दुई वटा मल्टिप्लेक्स रहेका छन्।

शुक्रवार बिश्वज्योति सिनेप्लेक्स र आईएनआई सिनेमाजबीच आधिकारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा आईएनआई सिनेमाजका तर्फबाट सीइओ एवं सह-संस्थापक गृहेन्द्र मुनकर्मी र सीओओ एवं सह-संस्थापक सुरेन्द्र कुमार थापाले तथा बिश्वज्योति सिनेप्लेक्सका तर्फबाट सीईओ रोहनसिंह सराफ र निर्देशक रिवाजसिंह सराफले अध्यक्ष मोहनसिंह सराफको उपस्थितिमा हस्ताक्षर गरे। सम्झौतापछि बिश्वज्योति सिनेप्लेक्सलाई अब आईएनआई सिनेमाज – बिश्वज्योतिको नाममा पुनः ब्रान्डिङ गरिने बताइएको छ।

डिसेम्बर २०१९ मा आफ्नो पहिलो मल्टिप्लेक्स काठमाडौंको गोङ्गबुमा रहेको ल्होत्से मलबाट व्यावसायिक यात्रा सुरु गरेको आईएनआई सिनेमाजले छोटो समयमै उल्लेखनीय प्रगति गरेको छ। काठमाडौं उपत्यका बाहिर बुटवल र सिमरामा आईएनआईका हल रहेका छन् भने काठमाडौंमा नयाँ वानेश्वरमा पनि हल रहेको छ। यी हलमा अहिले १० वटा स्क्रिन र १८६६ सिटको कुल क्षमता पुगेको छ। यी मध्ये नयाँ वानेश्वरमा रहेको हलमा नेपालकै पहिलो अत्याधुनिक GDC DTS:X Immersive Audio प्रणाली रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu