चलचित्र ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक



काठमाडौं – एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चिठ्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। कमेडी, हरर र सस्पेन्सको रोचक संयोजनमा बनेको यो चलचित्र आउँदो भाद्र २० गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने तयारीमा छ।

माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको यस चलचित्रमा एक दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्। ‘अर्ग्यानिक कमेडियन’ का रूपमा परिचित खड्ग बहादुर पुन ‘खबपु’ सहित संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मि भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रह्लाद खरेल, डेभिल सिंह राजपूत, समीर लामा, राजु कार्की र रज्जु गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

चलचित्रका निर्माता कमला जोशीका अनुसार, ‘चिठ्ठी’ ले दर्शकलाई हँसाउँदै, डराउँदै र उत्सुक बनाउँदै एक महत्त्वपूर्ण सामाजिक सन्देश पनि दिने प्रयास गरेको छ। यसले मनोरञ्जनको साथसाथै समाजलाई सन्देश पनि दिने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।

यसअघि नै चलचित्रका दुई गीत ‘टुटेको तारा’ र ‘सिन्दूरको रङ’ सार्वजनिक भइसकेका छन्, जसले दर्शकहरूबिच राम्रो चर्चा बटुलिसकेका छन्। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu