शनिवारको दिन ‘माग्ने राजा’को शानदार सुरुवात



काठमाडौं – हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माग्ने राजा’ले पहिलो दिन ठिकठाक व्यापार गरेता पनि दोस्रो दिन आज शनिवार राम्रो सुरुवात गरेको छ। पहिलो दिन शुक्रवारको साँझ पख र रात्रिकालीन शोहरूमा दर्शकको उत्साहजनक उपस्थिति थियो।

वितरकका अनुसार शनिवार बिहान साढे ७ बजेदेखिकै शोहरूमा दर्शकको उपस्थिति बाक्लो छ भने धेरैजसो शोहरू ‘हाउसफुल’ भएका छन्। मध्याह्न र दिउँसोका शोहरूको बुकिङ पनि उच्च रहेकोले फिल्मले शनिवार ठुलो कमाइ गर्ने अनुमान गरिएको छ। यसका प्रमुख कलाकार केदार घिमिरेले पनि सिनेमा हलमा रातै देखिने स्क्रिन सटहरू शेयर गरेका छन्।

दर्शकहरूले ‘माग्ने राजा’ लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेष गरी यसको कमेडी पक्ष र फिल्मले दिन खोजेको सामाजिक सन्देशलाई दर्शकले मन पराएका छन् भने कलाकार केदार घिमिरेको अभिनयलाई दर्शकले रुचाएका छन्।

ऋषि लामिछानेको निर्देशन रहेको यस चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् भने पटकथा सामीप्यराज तिमिल्सिनाले लेखेका हुन्। यसको मुख्य भूमिकामा रहेका कलाकार केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देलको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu