हरिवंश आचार्यको चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक



काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ। यस वर्षको दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजरमा आचार्य हास्यपरक भूमिकामा देखिएका छन्।

टिजरमा फिल्मको कथावस्तु, पात्रहरूको परिचय र कथ्य शिल्पलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो चलचित्रमा हरिवंश आचार्यका साथै प्रकाश सपुत, स्वस्तिमा खड्का प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपालको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। यसमा कृष्णबहादुर थापाको सिनेम्याटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ।

यसको सङ्गीत पक्ष पनि सशक्त देखिएको छ। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङ्गीत दिएका छन् भने आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिनेछ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu