
काठमाडौं – रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको यो गीतमा चर्चित गायिका सञ्जीवनी को स्वर रहेको छ।
‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको यो गीत पुरानो नेपाली चलचित्र ‘माइतीघर’ को नै हो, जसलाई नयाँ शैलीमा पुनः प्रस्तुत गरिएको छ । गीतमा स्वर्गीय जयदेव को सङ्गीत र किरण खरेल को शब्द रहेका छन् । मूल गीतमा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले ले स्वर दिएकी थिइन् ।
गीतको भिडियोमा नायिकाहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा को मनमोहक नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी कविराज गहतराज ले गरेका छन् भने छायाङ्कन मानकृष्ण महर्जन र सुशन प्रजापति तथा सम्पादन सुरेन्द्र पौडेल ले गरेका हुन् ।
मिलन तामाङ को निर्देशनमा तयार भएको यो चलचित्रमा रबिन शेरचन र धिरज तामाङ को लगानी रहेको छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल यसका कार्यकारी निर्माता हुन् । कथा चन्द्रकुमार दोङ ले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठक को रहेको छ ।
चलचित्रमा प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ । यस गीतसँग सम्बन्धित एक आकर्षक प्रतियोगिताको पनि घोषणा गरिएको थियो, जसमा यस गीतमा आधारित ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर उत्कृष्ट हुने एक जना दर्शकलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
‘माइतीघर’ यही असोज १३ गते, दसैँको फूलपातीको दिनदेखि नेपालभर प्रदर्शन हुँदैछ ।
गीत:






