
काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ। यो क्राइम-थ्रिलर चलचित्रले आफ्नो परिवारको खुसी र सुरक्षाका लागि एउटा साधारण मानिसले कस्ता जोखिमपूर्ण निर्णय र सङ्घर्ष गर्नुपर्छ भन्ने कथा प्रस्तुत गरेको छ।
३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरले चलचित्रको मुख्य कथा, प्रमुख पात्रहरूको चरित्र र उनीहरूबिचको द्वन्द्वलाई स्पष्टसँग देखाएको छ। ट्रेलरमा मुख्य कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी र प्रकाश दाहालको सशक्त अभिनय देख्न सकिन्छ।
सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्रको पटकथा मुकेश खनालले लेखेका हुन्। सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
‘अभिमन्यु’ को नेपाली संस्करण यही भदौ २७ गते देखि प्रदर्शन हुने तयारीमा छ भने हिन्दी संस्करण असोज ६ गते देखि प्रदर्शनमा आउनेछ।
ट्रेलर:






