पल शाहको चलचित्र ‘आ बाट आमा’ को छायाङ्कन सुरु



काठमाडौं – आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आ बाट आमा’ को शुभ मुहूर्त सम्पन्न भएको छ। तनहुँको प्रसिद्ध गलेश्वर मन्दिरमा करिब २०० बटुकहरूले वैदिक मन्त्रोच्चारण र हवनसहित पूजाआजा गरी चलचित्रको विधिवत् सुरुवात गरिएको हो।

शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि चितवनबाट सुरु भएको निर्माण पक्षले जनाएको छ। छायाङ्कन तालिका करिब एक महिनाको रहेको र यो चितवन, काठमाडौँ तथा भारतको हैदरावादमा खिचिने निर्देशक चन्द्र पन्तले जानकारी दिए।

यसमा अभिनेता पल शाह मुख्य भूमिकामा छन्। उनको साथमा दक्षिण भारतीय कलाकार प्रदीप रावत, बिपना थापा, सिम्रन पन्त र उषा उप्रेती लगायतका कलाकारहरूको अभिनय रहनेछ। शुभ मुहूर्त कार्यक्रममा कलाकार प्रदीप रावतसँगै गजित विष्ट र माओत्से गुरुङ लगायतको उपस्थिति थियो।

‘आ बाट आमा’ ले आमा र सन्तानबिचको गहिरो भावनात्मक सम्बन्ध र प्रेमलाई पर्दामा उतार्ने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu