
काठमाडौं – निर्देशक मिलन आले मगरको नयाँ सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘पूरा भयो सपना मेरो’ को निर्माण घोषणा भएको छ। दसैँ लगत्तै छायाङ्कन सुरु हुने यो चलचित्र रोशिका फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। यो चलचित्रमा कलाकार र प्राविधिकहरूको टुङ्गो लाग्न बाँकी रहेको निर्देशक आलेले बताएका छन्। उनले केही दिनभित्रै सबै जानकारी सार्वजनिक गर्ने जानकारी दिए।
यस चलचित्रका निर्माता एकराज थापा हुन्, जसले चलचित्रको कथा पनि लेखेका छन्। यसअघि ‘लक्ष्य’, ‘सत्या’ र ‘हिँड्दा हिँड्दै’ जस्ता चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक मिलन आले मगरको यो नयाँ प्रस्तुतिलाई दर्शकले रुचाउने विश्वास गरिएको छ।






