सौगातको नयाँ चलचित्र ‘जुबा’ घोषणा



काठमाडौं – नयाँ नेपाली चलचित्र ‘जुबा’ निर्माण हुने भएको छ। अस्त्र फिल्मसको ब्यानरमा बन्ने यस चलचित्रको लेखन तथा निर्देशन प्रकाश कर्णले गर्नेछन्। मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने यो चलचित्रमा नायिकाको रूपमा भने सोफी धरेलले डेब्यु गर्दैछिन्। सोफीसँगै अर्का मुख्य कलाकारको रूपमा सुधन पोखरेल पनि पर्दामा देखिनेछन्।

‘रक क्यास्टर स्टुडियो’को निर्माण रहेको ‘जुबा’ को घोषणासँगै तीन फरक क्यारेक्टर पोस्टरहरू सार्वजनिक गरिएका छन्।

पहिलो पोस्टरमा अभिनेता सौगात मल्ल क्यामेराको अगाडि उभिएर नमस्ते गरिरहेका छन्। उनको पहिरन र हाउभाउले उनी एक कलाकारको भूमिकामा रहेको प्रस्ट पारेको छ। तर, अर्को पोस्टरमा सौगात र सोफी दुवै ल्यान्डलाइन फोनको अगाडि देखिएका छन्। यसले यो चलचित्रको कथा दुई दशकभन्दा पुरानो समयमा आधारित रहेको सङ्केत गर्छ। यस पोस्टरमा सौगात फोनमा गम्भीर मुद्रामा कुरा गरिरहेका छन् भने सोफी भने रिसाएको भावमा देखिन्छिन्।

यस्तै, तेस्रो पोस्टरमा भने खलनायकको भूमिकामा रहेका सुधन पोखरेललाई देखाइएको छ। चुरोट तानिरहेका उनको लुक्स निकै क्रूर र खतरनाक देखिएको छ।

चलचित्रको कथा, अन्य कलाकार तथा प्राविधिक पक्षबारे भने निर्माण पक्षले कुनै पनि जानकारी दिएको छैन। यस चलचित्रको पटकथा वर्षा पौडेलले लेखेकी हुन् भने प्रकाश कर्ण र वर्षा पौडेल दुवै क्रिएटिभ प्रोड्युसरको रूपमा पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu