चलचित्र ‘जारी-२’ को गीत ‘अम्लारी’ सार्वजनिक



काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘जारी-२ – सङ अफ च्याब्रुङ’को नयाँ गीत ‘अम्लारी’ सार्वजनिक भएको छ। आगामी असोज ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै गीत सार्वजनिक गरेको हो।

‘कबड्डी फिल्म्स’ र ‘बाँसुरी फिल्म्स’ को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई यस वर्षको व्यापारिक सफलताको सम्भावित सूचीमा राखिएको छ। यसको मुख्य कारण गत वर्षको सुपरहिट ‘जारी’ को अविस्मरणीय सफलता हो। ‘जारी’ ले बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो।

यस चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् भने यसको निर्माण रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले गरेका हुन्। यसको मुख्य भूमिकामा लोकप्रिय कलाकार दयाहाङ राई, मिरुना मगर र विजय बराल रहेका छन्।

यी मुख्य कलाकारका साथै चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु जस्ता स्थापित र नयाँ कलाकारहरूको पनि अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu