‘मैझारो’ कार्तिक ७ गते रिलिज हुने, दुई पोस्टर सार्वजनिक



काठमाडौं – कलाकार विल्सन विक्रम राईले निर्देशन गरेको नेपाली चलचित्र ‘मैझारो’ कार्तिक ७ गते रिलिज हुने भएको छ। दुई पोस्टरहरू सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो। पोस्टरहरू मुख्य कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुनलाई देख्न सकिन्छ। 

यो चलचित्रले पूर्वी पहाडको मनमोहक प्राकृतिक सौन्दर्य र मानव सम्बन्धको जटिलतालाई पर्दामा उतार्ने प्रयास गरेको छ। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्मित यस फिल्ममा धिरज, मिरुना, र दियाका साथै बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको पनि अभिनय रहेको छ।

यसको सङ्गीत अनमोल गुरुङ र तोरेम्पाहाङ राईले दिएका छन्। राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा सजिएका गीतहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu