‘अभिमन्यु’ को प्रदर्शन स्थगित



काठमाडौं – यही भदौ २७ गते प्रदर्शनमा आउने घोषणा गरिएको चलचित्र ‘अभिमन्यु’ को रिलिज मिति स्थगित भएको छ। हालै देशभर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राख्दै फिल्मको प्रदर्शन रोकिएको निर्माताले बताएका छन्।

निर्माता कम्पनी सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ मिति छिट्टै सार्वजनिक गरिने जानकारी दिएका हुन्। आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा भनिएको छ, “यस दुखद घडीमा चलचित्र प्रदर्शन गर्नु नैतिक र भावनात्मक रूपमा अनुपयुक्त ठानेर हामीले पूर्वनिर्धारित मितिमा चलचित्र रिलिज नगर्ने निर्णय गरेका छौँ।”

सस्पेन्स थ्रिलर विधाको ‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा तयार पारिएको हो। यसको हिन्दी संस्करण भने असोज ६ गते प्रदर्शन गर्ने तयारी भइरहेको छ। अब सम्भवतः दुवै भाषाका संस्करण एकै पटक असोज ६ गते नै रिलिज हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu