काठमाडौं – देशमा घटेको अकल्पनीय दुःखद घटनापछि क्यूएफएक्स सिनेमाजले आफ्ना सम्पूर्ण हलहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
कम्पनीले सोमबार एक वक्तव्य जारी गर्दै २०२५ सेप्टेम्बर ९ मा सबै क्यूएफएक्स हलहरू बन्द रहने जानकारी गराएको हो। अकल्पनीय हिंसा र दुर्भाग्यका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तथा घाइतेहरूलाई सहानुभूति जनाउँदै यस्तो कदम चालिएको कम्पनीले जनाएको छ।

वक्तव्यमा भनिएको छ, “हामी क्यूएफएक्स परिवार आज देखिएको अकल्पनीय त्रासदीबाट अत्यन्त मर्माहत भएका छौँ। आफ्ना प्रियजन गुमाएका परिवार, साथी र बालबालिकाप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”
त्यस्तै, कम्पनीले यो दुखद घडीलाई स्मरण गर्दै सबै नागरिकलाई आत्म चिन्तन गर्ने, आपसी सहयोगमा एकजुट रहने र सुरक्षित रहन आग्रह गरेको छ।






