राजेश हमाल भन्छन्, ‘नेपाली भएकोमा लाज लागेको छ’



काठमाडौं – अभिनेता राजेश हमालले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय युवाहरूले सडकमा गरेको प्रदर्शन र त्यसले लिएको हिंसात्मक रूपपछि हमालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि प्रकट गरेका हुन्।

राजनीतिक तथा सामाजिक विषयमा कमै मात्र टिप्पणी गर्ने हमालले आफ्नो फेसबुक पोस्टमा युवाको भविष्यप्रति नेतृत्व वर्गको उदासीनतामाथि प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “हामीले एक राष्ट्रको रूपमा हाम्रा युवाहरूलाई उज्ज्वल भविष्य दिन मात्र होइन, उनीहरूको वर्तमान पनि खोसिरहेका छौँ।” यसै क्रममा हमालले आफू विदेश यात्रामा रहेको र यस पटक नेपाली भएकोमा आफूलाई असाध्यै लाज लागेको महसुस भएको बताएका छन्।

हालै ‘जेन-जी’ पुस्ताले विभिन्न मागसहित गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। यस घटनाले देशको भविष्य र युवाको मनोविज्ञानमाथि गम्भीर प्रश्न खडा गरेको छ, जसप्रति हमालले आफ्नो पोस्टमार्फत आवाज उठाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu