
काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ सरकारलाई देश र जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “नयाँ अन्तरिम सरकारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! देश र जनताको लागि आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गर्दछु।”
यो परिवर्तनका लागि योगदान दिने सबै योद्धाहरूलाई उनले कृतज्ञता व्यक्त गरेका छन्। साथै, देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सामाजिक सञ्जालमा उनले ‘उज्ज्वल भविष्य र समृद्ध नेपालप्रतिको आशा जीवित राख्न योगदान प्रदान गर्नुहुने सबै योद्धाहरूप्रति कृतज्ञता, देशका लागि बलिदान दिनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैमा छिटो स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु’ लेखेका छन्।

जन आन्दोलन र युवा पुस्ता (जेन-जी) को सक्रियता पछि नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको छ। यस सरकारको नेतृत्व पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले गरिरहेकी छन्। उनले शपथ ग्रहण गरे लगत्तै संसद् विघटनको सिफारिस गरेकी थिइन्, जसलाई धेरै कलाकार र आम नागरिकले समर्थन गरेका छन्।






