प्रथम महिला प्रधानमन्त्रीलाई हरिवंश आचार्यको शुभकामना



काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको नयाँ अन्तरिम सरकार र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना व्यक्त गरेका छन्। उनले देशमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कार्कीको नेतृत्वमा देशले सही दिशा लिने विश्वास व्यक्त गरेका छन्।

आचार्यले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “देशले भोगेको ठुलो मानवीय र जनधनको क्षतिले नेपाल आमाको आँखा बगिरहेको बेला देश सम्हाल्न स्वच्छ छवि लिएर उभिनुभएकी प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथिति विरुद्ध उभिएका युवाहरूको सपना पूरा गर्ने प्रणालीको विकास गर्न हामी सबैको साथ अपरिहार्य छ।”

उनले आन्दोलनका सहिदहरूको आत्माको शान्तिको कामना गर्दै यस विषम परिस्थितिमा नेपाली सेना र राष्ट्रपतिले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन्। “सहिदहरूको आत्माको शान्तिको कामना गर्दै यो विषम परिस्थितिमा नेपाली सेनाको भूमिका र सम्माननीय राष्ट्रपतिले खेल्नुभएको अभिभावकत्व भूमिका सराहनीय छ,” उनले लेखेका छन्।

आचार्यले अन्तमा प्रधानमन्त्री कार्कीको सफल कार्यकालको लागि शुभकामना दिएका छन्। यो परिवर्तनलाई नेपाली कलाकारहरूले सामाजिक सञ्जालमार्फत लगातार समर्थन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu