भोलीदेखि देशभरका सिनेमा हल खुल्ने, १७ करोडको क्षति



काठमाडौं – जेन जी आन्दोलनका क्रममा बन्द रहेका देशभरका चलचित्र हलहरू भोलीदेखि पुनः सञ्चालनमा आउने भएका छन् । हलहरूको छाता सङ्गठन नेपाल चलचित्र सङ्घले आजै बैठक डाकी निर्णय गरेको महासचिव सुरेन्द्र थापाले बताए ।

यसैबीच, देशभरका चलचित्र घरमा ठुलो क्षति भएको छ । चलचित्र सङ्घका अनुसार, चार वटा हलमा आगजनी र तोडफोड हुँदा करिब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

सबैभन्दा बढी क्षति विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्सलाई भएको छ । त्यहाँको हलमा आगजनीका कारण १५ करोड रुपैयाँको नोक्सानी भएको बताइएको छ । यसका साथै, गोङ्गबुस्थित ल्होत्से मलको आइएनआई सिनेमाको टिकट काउन्टरमा भएको आगजनी र तोडफोडले पनि हलको उपकरणमा असर पुगेको छ ।

यसबाहेक, क्यूएफएक्सको भक्तपुर र बुटवलका हल बाहिर रहेका टिकट काउन्टरहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

हाल देशभर १६५ वटा चलचित्र हल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu