चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक



काठमाडौं – रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ। ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई समेटिएको देखाउँछ।

मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा रविन शेरचन र धिरज तामाङले लगानी गरेका हुन्। ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकले तयार पारेका छन्।

दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरेका हुन् भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। यसमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र स्वर्गीय जयदेवको सङ्गीत रहेको छ।

निर्माण पक्षका अनुसार, यस चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu