‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्यको मिश्रण



काठमाडौं – नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र के खनाल निर्देशित यो चलचित्र आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तु उजागर गरेको छ, जसमा वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य पात्र ‘हरिबहादुर’ को भूमिकामा छन्। नेपाली टेलिभिजनमा निकै लोकप्रिय बनिसकेको यो पात्रको जीवनमा आउने हास्यपूर्ण उतारचढावलाई ट्रेलरमा समेटिएको छ। साथै, यसले देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताले खोजेको परिवर्तनको सन्दर्भलाई पनि व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेको छ।

चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन्। यसको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन्।

चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। गीतहरूमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको आवाज सुन्न सकिन्छ। दर्शकले यस चलचित्रबाट कमेडी र सामाजिक सन्देशको उत्कृष्ट मिश्रणको अपेक्षा गर्न सक्छन्।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu