
काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको ‘कस्तुरी’ बोलको यो गीतमा मुख्य कलाकार अनमोल केसी र आँचल शर्माको रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ । गीतको भिडियो मुस्ताङको रमणीय दृश्य र भारतको राजस्थानमा खिचिएको छ । आशिष गुवाजु र सदिच्छा कट्टेलको स्वरमा सजिएको यस गीतमा जयन जे वाइबाको शब्द, सङ्गीत र साउन्ड डिजाइन रहेको छ ।
सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रमा अनमोल केसी र आँचल शर्माका साथै जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी र उषा खड्गी लगायतका कलाकारको पनि अभिनय रहेको छ । अभिनेत्री सुरक्षा पन्तलाई विशेष भूमिकामा देख्न सकिनेछ ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको यस चलचित्रको निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले पनि साझेदारी गरेका छन् । अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् भने नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता हुन् । हेमराज बिसीको कथा रहेको यो चलचित्रको पटकथा विश्वास तिम्सिनाले तयार पारेका छन् ।
गीत:






