काठमाडौं – सुशील श्रेष्ठ अभिनीत नेपाली चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा प्रदर्शन मिति पनि तोकिएको छ। यो आगामी माघ ९ गते रिलिज हुनेछ। पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठ एक एक्सन अवतारमा देखिएका छन्।

विजय केरुङ निर्देशित यस चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटी ले गरेका हुन्। पटकथा शिवम् अधिकारी ले लेखेका हुन्। यसमा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, बुद्धि तामाङ, पुकार भट्टराई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।






